• +1 (336) 365-9857
  • triadnepalesecommunitycenter@gmail.com

नर्थ क्यारोलिनामा नेपाल हेरिटेज कल्चरल सेन्टर स्थापना हुने

नर्थ क्यारोलिना, प्रवासमा पुगेर रमाउनु हरेक व्यक्तिको रहरपछिको बाध्यता हो।तर संसारको जुन कुनामा पुगे पनि आफ्नोपन जोगाई राख्नु र संस्कृति एवं संस्कारलाई निरन्तरता दिनु कम्ति चुनौतिपुर्ण छैन।प्रवासमा पनि आफ्नो कला संस्कृतिलाई हुबहु फलो गर्नु भनेको फरक परिवेश र फरक समुदायकाबीच त्यहि सजिलो छैन तर पनि नेपाली समुदायले विश्वका जुनसुकै कुनामा पुगे पनि आआफ्नो संस्कार र सस्कृतिलाई निरन्तरता दिएको पाईन्छ । त्यहि क्रममा अमेरिकाको नर्थ क्यारोलिना राज्यको हाई प्वाईन्टस्थित ट्राईड नेपलिज कम्यूनिटी सेन्टरले आफ्नो संस्कृति र संस्कारलाई बचाउन नेपाल हेरिटेज कल्चरल सेन्टर स्थापना गर्ने जनाएको छ।सो हेरिटेज सेन्टरमा हिन्दु र बौद्ध धर्मको धार्मिक मुर्ति तथा सम्पदाहरुको स्थापना गरिने संस्थाका अध्यक्ष शिव विष्टले बताए । विभिन्न धार्मिक कार्यहरु तथा नियमित पुजा पाठ गर्न सजिलो बनाउने उदेश्यले संस्थाको आफ्नै जग्गामा मन्दिर स्थापना गरिने र त्यसको निर्माण प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ।मन्दिर परिसरमा बालबालिकाहरुको बाल उद्यान निर्माण गर्ने र सोको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।

त्यसैगरी आगामी दुई महिनाभित्र सांस्कृतिक तथा सामुदायिक कार्यक्रम गर्न संस्थाका विशाल भारती, सुदन गैरे, प्रल्हाद शाहलाई जिम्मेवारी दिइएको छ । आगामी सेप्टेम्बर र अक्टोबरभित्र नेपाली कला संस्कृति झल्किने गरी बृहत नेपाल फेष्टिबल गर्ने जनाएको छ।संस्थामा शिब विष्टको नेतृत्वमा नयाँ टीम आएपछि बसेको पहिलो बैठकले सामुदायिक कल्याणकारी कोष स्थापनार्थ प्रत्येक सदस्यहरुबाट एक सय डलर संकलन गरी जम्मा भएको सोही बराबरको रकम संस्थाको खाताबाट जम्मा गरी छुट्टै कोष स्थापना गरिने निर्णय भएको छ।सो कोषमा हाललाई दुई हजार २ सयबाट शुरु गरी बाँकी दाताहरुबाट थप्दै जाने नीति लिइइएको छ।

कार्यकारिणी समितिको बैठकले संस्थाको गतिविधिलाई जनस्तरसम्म पुर्याउन आफ्नो छुट्टै वेव साईड स्थापना गर्ने, संस्थाको कोष नयाँ टीमलाई हस्तान्तरण, संस्थामा नेपालीहरुको सहभागीता बढाउन साधारण तथा आजिवन सदस्यता खुल्ला गर्ने र संस्थालाई अझ बढी प्रभावकारी रुपमा सन्चालन गर्न आवश्यक उपसमितिहरु निर्माण गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिनु भयो।

नयाँ नेतृत्व आएसंगै आज नेपाली समुदायको बाक्लो बसोबास भएको क्षेत्रमा व्यापक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जसको नेतृत्व नासाका पुर्व अध्यक्ष तथा समाजसेवी माधव ढकालले गर्नु भएको थियो।सरसफाई कार्यक्रममा एनआरएन नर्थक्यारोलिना च्याप्टर अध्यक्ष बासुदेव भट्ट, टिएनसिसिका निर्वतमान अध्यक्ष प्रसिम पौडेल,कार्य समितिका बरिष्ठ उपाध्यक्ष रामजी कोईराला,उपाध्यक्ष हरेराम शर्मा,टिएनसिसिका पुर्वउपाध्यक्ष शुष्मा ढकाल, संस्थाका वर्तमान सदस्यहरु विशाल भारती,प्रल्हाद शाह, सुदन गैरे तथा स्थानीय समाजसेवीहरु डा कुबेर घिमिरे,देव बस्याल,संझना अधिकारी भट्टराई, सफला अधिकारी भट्टराई, शुशिल भट्राई, कृष्ण रानाभाट र किरण उल्लक लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो।

 

 

 

 

 

 

 

 

 

Source : Click Here

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop