• +1 (336) 365-9857
  • triadnepalesecommunitycenter@gmail.com

May 21st AGM Report

हाइपोइन्ट नर्थ क्यारोलिना परिवारमा नमस्कार ।

विषय : TNCC संस्थाको वार्षिक साधारण सभा सम्बन्धमा ।

नर्थ क्यारोलिना राज्यको हाइपोइन्ट शहरमा  यही  मे महिनाको २१ तारीख आईतबार २०२३ का दिन TNCC संस्थाको साधारण सभा संस्थाकै प्राङ्गणमा  सम्पन्न  भयो ।

अध्यक्ष श्री शिव विष्ट ज्यु को अध्यक्षतामा  बसेको साधारण सभामा  यस संस्थाका संस्थापक अध्यक्ष श्री बसन्त  खड्का ज्यु को प्रमुख आतिथ्यमा भएको थियो   । यहाँ संस्थाको  कार्यसमितिका  पदाधिकारीहरु, सल्लाहकार  तथा  संस्थाका साधारण सदस्य ज्यूहरूको उपस्थिति रहेको थियो। 

उक्त साधारण सभामा तपसिलका बुँदाहरूमा छलफल  गरी निर्णय गरियो ।

एजेण्डाहरु :

१) बर्ष भरि गरिने कार्यक्रमको सम्बन्धमा 

२) आर्थिक गतिविधिका सम्बन्धमा

३) नयाँ कार्य समिति तथा निर्वाचनका सम्बन्धमा ।

४) संस्थाको कानुनत पुनर्स्थापना

५ ) विविध  विषयमा छलफल  गरी सल्लाह र सुझाव  सङ्कलन  गर्ने  सम्बन्धमा 

निर्णयहरु : 

प्रस्ताव नं १ ऊपर  छलफल गर्दा 

१.क ) संस्थाले यो समुदायमा  मनाउँदै आएका हाम्रा महत्वपूर्ण चाड पर्वहरू जस्तै दशैं , तिहार, तीज होली , महाशिवरात्री  आदिलाई निरन्तरता दिंदै यसलाई अझ व्यवस्थित रूपमा मनाउने निर्णय गरियो ।

१. ख  ) नेपाल हेरिटेज सेन्टरको प्रवर्द्धनका लागि  हामीले यो कार्य कालमा  अस्थाई भवनमा निर्माण गरेको नेपाली कला र संस्कृति झल्काउने  नेपाल सम्पदाको स्थापना गराईएको जानकारी गराउँदै   आगामी दिनमा यसको   संरक्षण र सम्बर्द्धन गर्नुपर्ने निर्णय गरियो ।

१. ग) सामुदायिक कार्यक्रममा  संस्थाले थालनी गरेको  City of Highpoint को Adopt the High Way का  कार्यक्रमहरुमा निरन्तर ता दिनु पर्ने निर्णय गरियो।

१. घ) नयाँ पुस्ताको  लागि समर क्याम्प सम्पन्न भएको कुरा जानकारीका साथै यस्ता कार्यलाई निरन्तरता  दिने र यो पुस्तालाई कम्म्युनिटीमा जोड्दै जानुपर्ने  आवश्यकताको  महशुस गरि यस्ता कार्यहरू गर्दै जानुपर्ने निर्णय गरियो । साथै आगामी दिनमा हाम्रा स साना नानीहरूका लागि हाम्रो भाषा र संस्कृतिको  सिकाइमा संस्थाले चासो  गर्नुपर्ने महशुस  गरियो ।

१. ङ ) संस्थाको वार्षिक विवरण प्रतिवेदनका सम्बन्धमा  निम्न प्रकारका निर्णयहरु गरियो ।

१. च  )  यो कर्यावधिमा  यहाँका २८ परिवारलाई आजीवन सदस्य बनाउँदा संस्थामा भएको  आए वृद्धि को जानकारी गराइयो।( हाल सम्म हाम्रा संस्थाको आजीवन सदस्य संख्या १३०  पुग्न सफल भएको छ )

प्रस्ताव नं २  ऊपर  छलफल गर्दा 

 २. क ) संस्थाको आयव्ययको सम्बन्धमा  गत सालको शुरुमा खातामा भएको रकम  $48996.64  ( अठ्चालीस हजार नौसय छयानब्बे डलर  चौसट्ठी सेन्ट )  

२. ख )यो समितिले सङ्कलन गरेको रकम  $1206.95   (बाह्र हजार दुइ सय छ डलर पन्चानब्बे सेन्ट )   

२. ग )जस मध्ये ,$11673.64  खर्च भई हाल खातामा $48529.96 रहेको जानकारी गराइयो ।

२. घ ) आय व्ययको बिस्तृत बिवरण यसै सँग अट्याच गरिएको छ । 

प्रस्ताव नम्बर ३को निर्वाचन तथा नयाँ कार्यसमिति का सम्बन्धमा छलफल गर्दा ।

३. क ) संस्थाको विधान अनुसार हरेक दुई वर्षको अवधिमा  नयाँ  कार्यसमिति   चयन गर्नुपर्ने   हुनाले   संस्थाले निर्वाचन कमिटी बनाएर  कमिटीलाई जिम्मा लगाएको विषयमा जानकारी गराइयो । निर्वाचन कमिटीले आफ्नो सम्पूर्ण प्रक्रियाहरु पुरा भई सूचना प्रकाशित गर्दा पनि  कसैको उम्मेदवारी नपरेकोले  उक्त  अवस्थालाई ध्यनजर गरी पुन: निर्वाचन प्रक्रियामा जाने निर्णय गारियो । 

 ३. ख )संस्थालाई विधिवत गराउनका लागि यथासिघ्र निर्वाचन प्रक्रियामा जानु पर्ने देखिएको हुँदा  यो साधारण सभाबाट यसै संस्थाको सल्लाहकार श्रीमती राधा पौडेल ज्युलाई प्रमुख निर्वाचन आयुक्त मनोनित गरी उहाँकै संयोजकत्वमा निर्वाचन सम्बन्धी  सम्पूर्ण अधिकार प्रत्यायोजन  गरि  निर्वाचन प्रकृया अगाडि बढाउने जिम्मा लगाइयो ।

प्रस्ताव नम्बर ४ का उपर छलफल गर्दा 

४. क ) बिगतका केहि सालहरूमा कर दाखिला (ट्याक्स फाईल) तथा संस्थाको आर्थिक अवस्थाको बारेमा IRS लाई अद्यावधिक नभएकाले कानुनी अस्तित्व गुमेको थियो। झण्डै १५ महिनाको अथक प्रयास एवं कानुन तथा कर/लेखा ब्यबसायीको सहयोगमा सँस्थाको कानुनी अस्तित्वलाई पुनर्स्थापना गराईयो । बिगतका सालहरुको अद्यावधिक को खर्च तथा यसपालीको कर दाखिला गर्दा $३८१७।०० खर्च भएको जानकारी गराइयो। 

प्रस्ताव नम्बर  का उपर छलफल गर्दा : 

५) कार्यक्रमको विसर्जन हुनु अगाडी संस्थालाई  मायाँ गरेर यो साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण  TNCC का शुभचिन्तक तथा सदस्य ज्यूहरुलाई हार्दिक  आभार  व्यक्त गरियो। साथै 

  अन्त्यमा उहाँहरुको सल्लाह र सुझावलाई  हिर्दयङ्मम गरी संस्थाले आगामी दिनमा यो भन्दा पनि उपलब्धि मुलक कार्य गर्न सकोस् भन्ने सुभेच्छा सहित  सभा  विसर्जन गरियो ।

धन्यवाद ।

उज्ज्वल पौडेल  ।

 महासचिव (TNCC)

image.png
0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop