• +1 (336) 365-9857
  • triadnepalesecommunitycenter@gmail.com

June 5th

Meeting Minutes

टि एन सी सी कार्यकारी समिति ( २०२१-२०२३ )
प्रथम बैठकको निर्णयहरु
मिति : ०५ जुन ,२०२१
स्थान : ३५१९ ईंपेरियेल ड्राईभ
उपस्थितीहरु :
शिव विष्ट – अध्यक्ष
रामजी कोइराला – बरिष्ठ उपाध्यक्ष
हरेराम शर्मा – उपाध्यक्ष
कल्याण राज गौतम -महासचिव
रोशन भण्डारी -सहसचिव
रंजित आले – कोषाध्यक्ष
बिशाल भारती -सदस्य
प्रलाद शाह -सदस्य
सुदन गैरे – सदस्य

प्रस्तावनाहरू:
१ नयाँ कार्यकारी समितिको परिचय
२ प्रगति बिवरण
३ बैंक खाता संचालन
४ सदस्यता वितरण
५ वेब पेज संचालन
६ भावी कार्य योजना र जिम्मेवारी सम्बन्धमा
७ सामुदायीक कल्याणकारी कोष संचालन
८ बिबिध

निर्णयहरु :
प्रस्ताव न १. माथि छलफल हुदा सबै कार्यकारी समितिका सदस्यहरुले आ-आफ्नो परिचय दिएका थिए।
प्रस्ताव न २. माथि छलफल हुँदा संस्थाका नव निर्वाचित अध्यक्षले हाल सम्म भएका गतिबिधि माथि प्रकाश पारेका थिए। जस अन्तर्गत सस्थाको
वेबपेज संचालन र भवन सरसफाई गरिएको जानकारी भयो।
प्रस्ताव न ३. माथि छलफल हुँदा संस्थाको बैंक खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्ने निर्णय गरियो।
प्रस्ताव न ४. माथि छलफल हुँदा संस्थाको सदस्यता निरन्तर खुल्ला राख्ने निर्णय भयो।
प्रस्ताव न ५. माथि छलफल हुदा संस्थाको वेबपेज यथाशिघ्र संचालन गरि सम्पूर्ण गतिबिधि र बिवरणहरु प्रकाशन गर्ने निर्णय भयो।
प्रस्ताव न ६. माथि छलफल हुँदा संस्थाले तत्काल नेपाल हेरिटेज कल्चरल सेन्टर स्थापना गरि धार्मिक र साँस्कृतिक सम्पदाहरुको मुर्ति र तस्विरहरु सहितको भवन निर्माण गर्ने निर्णय भयो। सो को लागि आवस्यक भवन खरिद गर्न अध्यक्ष,कोषाध्यक्ष, संस्थापक अध्यक्ष र सहसचिव
सहितको टोलीले काम गर्ने निर्णय भयो। साथै ह़ल निर्माणको लागि पनि आवश्यक प्रक्रिया अगाडी लैजान जिम्मेवारी प्रदान गरियो। साथै बाल उद्यान को स्थापना गर्ने र इच्छुक व्यक्ति र संस्थाबाट चन्दा संकलन प्रयास गर्ने र प्राप्त रकममा आन्तरिक कोषबाट थप गरि निर्माण गर्ने निर्णय गरियो।
साथै बैठकले आगामी दुइ महिना भित्र साँस्कृतिक र सामुदायीक कार्यक्रम तय गर्न बिशाल भारती ,सुदन गैरे र प्रलाद शाहलाई जिम्मेवारी प्रदान गर्यो। साथै बैठकले आगामी दशैं र तिहारको समयमा नेपाल फेस्टिबल कार्यक्रम तय गर्यो।
प्रस्ताव न ७ .माथि छलफल हुँदा सबै कार्यकारी समितिका पदाधिकारी र सदस्यहरुबाट जनही १०० डलर संकलन गरि सोहि बराबरको रकम संस्थाको खाताबाट निकाली छुटै कोष निर्णय भयो। हाललाई दुइ हजार दुइ सयको रकम बाट संचालन गर्दै अरु रकम भावी दिनमा चन्दादाताहरुबाट थप्दै लाने निर्णय भयो।

प्रस्ताव न ८. माथि छलफल हुँदा संस्थाको उपसमितिहरु आगामी बैठकमा गठन गर्ने गरि बैठक समापन गरियो।

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop