June 4th 2022 (Annual Report 2021)
मिति सम्बत २०२२ , जुन महिना ४ तारिखका दिन, TNCC (Triad Nepalese Community Center) को यस बर्षको साधारण सभा सम्पन्न भयो । अध्यक्ष श्री शिव बिस्ट ज्यु को अध्यक्षता एवं सल्लाहकार श्रीमती राधा पौडेल ज्युको सभापतित्वमा सो कार्यक्रम सम्पन्न गरी निम्नानुसार निर्णय गरियो ।
उपस्थिति :
अध्यक्ष : शिव विस्ट
वरिष्ठ उपाध्यक्ष : राजेन्द्र गौतम
महा-सचिव : उज्ज्वल पौडेल
कोषाध्यक्ष : दया ढकाल
सदस्यहरु : शुभेक्षा अर्याल पाठक , सुदन गैह्रे, ज्ञानु काफ्ले
अन्य उपस्थित :
सल्लाहकार राधा पौडेल, संस्थापक अध्यक्ष बसन्त खड्का, बोर्ड अफ ट्रस्टी द्वय माधव ढकाल, प्रशिम पौडेल लगायत चालीस साधारण सदस्यहरु
प्रस्ताव हरु :
१. बार्षिक गतिबिधि माथी छलफल
२. बार्षिक आय-व्ययमाथि छलफल
निर्णय नं. १
महासचिव उज्ज्वल पौडेलले संस्थाले गरेको बार्षिक गतिबिधि प्रस्तुत गर्नुभयो । उपस्थित सदस्यहरुले ताली बजाएर प्रस्तावको समर्थन एवं स्वागत गर्नुभयो ।
निर्णय नं. २ कोषाध्यक्ष दया ढकालले संस्थाको बर्ष भरिका आर्थिक कारोबारको विवरण पेश गर्नुभयो । उपस्थित सदस्यहरुले ताली बजाएर प्रस्तावको समर्थन एवं स्वागत गर्नुभयो ।
अन्य : साधारण सभाका दिन, यसका अलावा नव निर्मित नेपाल हेरिटेज सेन्टरको , जहाँ देवी -देवताका मुर्ति राखिएका छन्, विधिवत रुपमा समुद्घाटन गरियो । सो साधारण सभाको बन्द सत्रमा सदस्यहरुले अन्य बिभिन्न विषयमा छलफल र सुझाव पेश गरेका थिए।