• +1 (336) 365-9857
  • triadnepalesecommunitycenter@gmail.com

22nd August 2021

टि एन सी सी कार्यकारी समिति ( २०२१-२०२३ ) दोस्रो बैठकको निर्णयहरु
मिति : आइतबार ,२२ अगस्त २०२१
मार्फत : कन्फेरेन्स कल
उपस्थितीहरु :
शिव विष्ट – अध्यक्ष
रामजी कोइराला – बरिष्ठ उपाध्यक्ष
कल्याण राज गौतम -महासचिव
रोशन भण्डारी -सहसचिव
रंजित आले – कोषाध्यक्ष
राजेन्द्र गौतम -सदस्य
सुदन गैरे – सदस्य

प्रस्तावनाहरू:
१ .हाल सम्मको प्रगति बिवरण
२ . सदस्यता सम्बन्धि अपडेट !
३. भवन मर्मत सम्भार !
४ . तीज कार्यक्रम
५ . उप-समितिहरु गठन।
६ .भावी कार्य योजना र जिम्मेवारी सम्बन्धमा।
7 .सामुदायीक कल्याणकारी कोषमा रकम जम्मा गर्ने बारे !
८ .बिबिध !

निर्णयहरु :
प्रस्ताव न १. माथि छलफल हुँदा संस्थाका अध्यक्षले हाल सम्म भएका विभिन्न गतिबिधि माथि प्रकाश पारेका थिए। जस अन्तर्गत वेबपेज ,फेसबुक पेज संचालन भैसकेको जानकारी दिएका थिए।साथै गत बर्षको $५०० छात्रवृति अवार्ड विजेता निहा भण्डारीलाई प्रदान गरिएको जानकारी गराइयो। साथै नयाँ पुस्ता समुहको अगस्त १५-१६ क्याम्पको लागि $ ५०० प्रदान गरिएको रकम बोर्ड द्वारा स्वीकृत गरियो।

प्रस्ताव न २. माथि छलफल हुँदा संस्थाका नयाँ आजीवन सदस्य मुना तिमिल्सिना र अन्य साधारण सदस्यहरु लाई TNCC मा स्वागत गरियो।

प्रस्ताव न ३. माथि छलफल हुँदा TNCC भवनमा तत्काल आवस्यक मर्मत सम्भार गर्नु पर्ने भएकोले अत्यावस्यक मर्मत गर्नु पर्ने सौचालय , लाईट र अन्य बिग्रिएका भौतिक संरचनाहरुलाई दैनिक प्रयोग गर्न सक्ने स्थितिमा राख्न ठेकेदारद्वारा प्राप्त कोटेशनलाई केहि कटौती गरि काम अगाडी बढाउने निर्णय भयो।

प्रस्ताव न ४. माथि छलफल हुँदा नेपाली नारीहरुको महान चाड हरितालिका तीज तथा ऋषि पंचमी पूजा TNCC प्रांगढमा गर्नका लागि तयारी गरिदिने निर्णय भयो। सो कार्यक्रममा सहभागिताका लागि इच्छुक महानुभावहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर उपस्थित हुन सूचना दिने निर्णय भयो। साथै बैठकले एक हप्ता भित्र कार्यकारी समितिमा मनोनित सदस्यहरुलाई जानकारी गरियो। यदि सदस्यता नलिएमा समितिबाट निस्काशन गर्ने निर्णय भयो। समय कारण अन्य बिषयमा पछि सरसल्लाह गर्ने गरि बैठक समापन भयो।

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop