• +1 (336) 365-9857
  • triadnepalesecommunitycenter@gmail.com

2024 Annual General Meeting Minutes

सम्पूर्ण ट्रायाडबासी एवं TNCC आजीवन /साधारण सदस्यज्युहरुमा नमस्कार ।

विषय : TNCC संस्थाको वार्षिक साधारण सभा सम्बन्धमा ।

नर्थ क्यारोलिना राज्यको हाइपोइन्ट शहरमा यही अप्रिल महिनाको 13 तारीख आईतबार 2023का दिन TNCC संस्थाको साधारण सभा संस्थाकै प्राङ्गणमा सम्पन्न भयो ।

अध्यक्ष श्री राजेन्द्र गौतम ज्यु को अध्यक्षतामा बसेको साधारण सभामा यस संस्थाका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, संरक्षकहरु तथा संस्थाका सदस्य ज्यूहरूको उपस्थिति रहेको थियो।

संस्थाका महासचिब श्री घनश्याम पाठकले सहजीकरण गराउनुभएको यस सभामा तपसिलका बुँदाहरूमा छलफल गरियो ।

एजेण्डाहरु :

१) बर्ष भरि गरिएका कार्यक्रमको सम्बन्धमा – अध्यक्ष श्री राजेन्द्र गौतम ज्यु बाट

२) आर्थिक गतिविधिका सम्बन्धमा – कोषाध्यक्ष श्री दया ढकाल ज्यु बाट

३) Nepal Heritage Center For Carolinas (NHCC) का कार्यक्रमका सम्बन्धमा – संस्था संरक्षक एवं समिति संयोजक श्री बसन्त खड्का ज्यु बाट

४) नेपाली पाठशालाका सम्बन्धमा – सह सचिव एवं पाठशाला शिक्षक श्री उज्ज्वल पौडेल ज्यु बाट

५ ) विविध विषयमा छलफल गरी सल्लाह र सुझाव सङ्कलन गर्ने सम्बन्धमा – खुला सत्र

निर्णयहरु :

प्रस्ताव नं १ ऊपर छलफल गर्दा,

१.क ) TNCC प्रांगण सफा राख्ने अभियान शुरु गरेर हाम्रो संस्थाको प्रांगण सफा गरियो । त्यस्तै सामुदायिक कार्यक्रममा संस्थाले City of Highpoint र City of Greensboro को Adopt A High Way का कार्यक्रमहरुमा निरन्तरता दिंदै सफा गरियो। अध्यक्ष ज्युले संयोजक द्वय माधब ढकाल एवं प्रशिम पौडेललाइ एवं सबै सहयोगीहरुलाई धन्यबाद दिनुभयो ।
१. ख )संस्थाले गत साल “समर कुक आउट” तथा सांगीतिक कार्यक्रम संचालन गरेर सम्पूर्ण समाज बासीहरुलाई निशुल्क मनोरन्जन प्रदान गरियो ।अध्यक्ष ज्युले सम्पूर्ण सहयोगी हरुलाई धन्यबाद दिनुभयो ।
१. ग ) संस्थाले भब्य रुपमा तीज कार्यक्रम आयोजना गरी सफलता पुर्वक सम्पन्न गर्यो । अध्यक्ष ज्युले बोर्ड सदस्य एवं संयोजक इन्दिरा अर्याल तथा बिशेष सहयोगी प्रतिमा गैरे लगायत सबै सहयोगीहरुलाई धन्यबाद दिनुभयो ।
१. घ ) संस्थाले दशैँ शुभकामना कार्यक्रम आयोजना गरी उत्साह जनक उपस्थितिका साथ सम्पन्न गर्यो । अध्यक्ष ज्युले संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्री दिपक रानाभाट लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिनुभयो ।
१. ङ )सह सचिब श्री उज्ज्वल पौडेलको संयोजकत्वमा घर दैलो देउसी भैलो कार्यक्रम असाध्यै उत्साहजनक उपस्थितिका सान सम्पन्न गरियो । अध्यक्ष ज्युले संयोजक ज्युलाइ, बाध्यबाधक साथी सन्तोष थपलिया लगायत सबै देउसी भैली टोली, सहभागी, एवं चन्दादाता हरुलाई धन्यबाद दिनुभयो ।
१. च) संस्थाले सल्लाहकार श्री राधा पौडेलज्युको संयोजकत्वमा नेपाली पाठशाला संचालन गरेको जानकारी दिंदै अध्यक्ष ज्युले सबै शिक्षकहरु र स्वं सेवकहरुलाइ धन्यबाद दिनुभयो ।
१. छ) संस्थाका संस्थापक अध्यक्ष श्री बसन्त खड्का ज्युको संयोजकत्वमा र कार्य समिति सदस्य श्री लक्ष्मण दाहालको प्रतिनिधित्वमा Nepal Heritage Center For Carolinas (NHCC) समिति गठन गरी बिभिन्न कार्यक्रमहरु नियमित रुपमा गरिएको जानकारी अध्यक्ष ज्युले दिनुभयो र संयोजक लगायत सम्पूर्ण टीमलाई हार्दिक धन्यबाद दिनुभयो ।
१. ज) नयाँ पुस्तालाई लक्षित गरी गरिएको “नयाँ पुस्ता समर क्याम्प” कार्यक्रम सफल भएको जानकारी दिंदै अध्यक्ष ज्युले नेतृत्व लिनुहुने भाइबहिनिहरु बिनित अर्याल, अराज दाहाल र रियाना पौडेललाइ हार्दिक धन्यबाद दिनुभयो ।
१. झ)संस्थाले सल्लाहकार डा. कुबेर घिमिरेज्युको संयोजकत्वमा भलिबल प्रतियोगिता सम्पन्न गरेको जानकारी दिंदै अध्यक्ष ज्युले सबै संयोजक लगायत सबै खेलाडीहरु, स्वंसेवकहरुलाइ धन्यबाद दिनुभयो ।
१. ञ )बिगत २०१७ को बार्षिक कर दाखिलामा भएको समस्याका कारण IRS ले संस्थालाई ठुलै जरिवाना ($5747.10) लगाएको थियो, सो जानकारी पहिलेको सुचनामा पठाइएको थियो । तत्पश्चात्, हाम्रो कारणले यो गल्ति नभएको हुनाले, IRS लाई सो जरिवाना मिनाह गरिपाउँ भनेर अध्यक्षद्वारा चिट्ठी पठाइएको थियो । बरिस्ठ उपाध्यक्ष श्री रामजी कोइरालाले सो जरिवाना मिनाह भएको खबर BOD लाइ दिनुभयो । “Current Balance $0.00” भएको IRS को चिट्ठी पनि सभामा प्रस्तुत गरिएको थियो ।
१. ट )संस्थाले आफ्नै प्रांगणमा होलि/ फागु पुर्णिमा खेल्ने कार्यक्रम पनि राख्यो । सम्पूर्ण सहभागी एवं चन्दा दाताहरुलाई अध्यक्ष ज्युले धन्यबाद दिनुभयो ।
१. ठ) “अर्थ तथा चन्दा संकलन समिति” को नेतृत्वमा संस्थाले ५२ वोटा कुर्चीहरु र ६ वोटा टेबलहरू थपेको छ । अध्यक्ष ज्युले बरिस्ठ उपाध्यक्ष एवं संयोजक श्री रामजी कोइराला लगायत सबै चन्दादाताहरुलाई धन्यबाद दिनुभयो ।
१. ड) संस्थाका कार्यक्रमहरुमा आफ्नो अमुल्य समय र परिश्रम दान गर्नुहुने सम्पूर्ण कार्यसमिति सदस्यज्यु हरुलाई पनि अध्यक्षज्युले धन्यबाद दिनुभयो ।

प्रस्ताव नं २ ऊपर छलफल गर्दा,
२. क) कोषाध्यक्ष श्री दया ढकाल ज्युले आर्थिक विवरण पेश गर्नुभयो जसको प्रतिलिपि यसै साथ् राखिएको पनि छ ।
२. ख) संस्थाले गएको January 2023 देखि January 2024 सम्ममा नेट $16013.63 थप्न सफल भएको छ ।
२. ग) संस्थाको खातामा अहिले कुल $67200.81 रहेको छ ।
२. घ) २०२३ सालको कर दाखिला गर्न सबै कागजपत्रहरु CPA लाइ बुझाईसकिएको जानकारी पनि उहाँले दिनुभयो ।

प्रस्ताव नं ३ ऊपर छलफल गर्दा,
३. क)संस्था संरक्षक एवं समिति संयोजक श्री बसन्त खड्का ज्युले NHCC ले गरेका कार्यक्रमहरु र आर्थिक गतिविधिहरु प्रस्तुत गर्नुभयो । आर्थिक गतिविधिहरु कोषाध्यक्षको रिपोर्टमा पनि सम्मिलित छन् ।

प्रस्ताव नं ४ ऊपर छलफल गर्दा,
४. क) सँस्थाका सहसचिब एवं पाठशाला सहसंयोजक श्री उज्ज्वल पौडेलले पाठशालाका क्रियाकलापहरुको बारे जानकारी दिनुभयो
४. ख) विद्यार्थीको संख्या पहिलो हप्तामा ७ बाट अहिले ६८ पुगेको छ (औसतमा ३० जनाको उपस्थिति) रहेको
४. ग ) भर्जिनियाबाट किताब ल्याएर सोहि लाकतमा पुस्तक वितरण गरिएको , केहि पुस्तक को रकम उठ्न बाँकी
४. घ ) नेपाली बोल्न, नाच, गान, खेलकुदका साथै संस्कृतका श्लोक र राष्ट्रिय गान सिकाउँदै गरिएको
४. ङ) बालबच्चाका लागि इस्टर एग हन्ट कार्यक्रम गरियो
४. च) पाठशाला संयोजक श्रीमती राधा पौडेल ज्युको पहलमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा नारी शिर्षकमा बाल -बक्तृत्वकला कार्यक्रम सम्पन्न गरियो ।
४. छ) अन्तत: शुरुवाती कक्षा संचालनका लागि हल उपलब्ध गराउनुहुने श्री रोशन भण्डारी ज्युलाई, स्वयंसेवक र शिक्षकहरु: बिनु अर्याल, अनुजा दाहाल, सुन्दर अधिकारि, पारस पंगेनी, सिता पौडेल, बिज्ञान काफ्ले र सफला भट्टराईलाइ हार्दिक धन्यबाद दिनुभयो ।

प्रस्ताव नम्बर ५ का उपर छलफल गर्दा :
५) कार्यक्रममा उपस्थित TNCC का शुभचिन्तक एवं सदस्यज्युहरु बाट संस्थाका बार्षिक गतिबिधि / आर्थिक गतिबिधि हरूबारे प्रश्नहरु गरिएका थिए, जसको, कार्यसमितिले उत्तर दियो
कार्यक्रमको विसर्जन हुनु अगाडी संस्थालाई मायाँ गरेर यो साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण TNCC का शुभचिन्तक तथा सदस्य ज्यूहरुलाई हार्दिक आभार व्यक्त गरियो।
साथै

अन्त्यमा उहाँहरुको सल्लाह र सुझावलाई हिर्दयङ्मम गरी संस्थाले आगामी दिनमा यो भन्दा पनि उपलब्धि मुलक कार्य गर्न सकोस् भन्ने सुभेच्छा सहित सभा विसर्जन गरियो ।

धन्यवाद ।

घनश्याम पाठक
महासचिव (TNCC)

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop